विराटनगर । विराटनगर–४ मा स्थानीय तह निर्वाचनको माहौल झन्झन् बढ्दै गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उमेदवारले घरदैलोसँगै वडामा आफ्नो शक्ति प्रदर्शनलाई तिव्रता दिएका हुन् ।
शनिबार नेपाली काङ्ग्रेस वडा अध्यक्ष उमेदवार सन्जय मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष जीसस न्यौपानेले वडामा बृहत ¥यालीको आयोजना गरेका छन् । नेकपा एमालेका उमेदवार जीतन थापाले पनि घरदैलो कार्यक्रमलाई तिव्रता दिदैं मतदातासँग भोट अपिल गर्नु भएको छ ।
नेपाली काँग्रेसले बाइक र्याली सहितको शक्ति प्रदशन गरेको छ । बिराटनगरको इक्राइ चोकमा कोण सभाको आयोजना गरेर बाइक र्याली आयोजना गरि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गठबन्धनका तर्फ बाट उपमेयर पदका उमेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले गठबन्धनलाई जिताउन सबै लाग्नु पर्ने मा जोड दिदै समग्र बिराटनगरको बिकासका लागि गठबन्धनले जित्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । मेयरमा नागेश कोइराला र उपमेयरमा आफुले जित्दै गर्दा बिराटनगरका सबै क्षेत्रको प्रतिनिधित्व हुने हुदा बिराटनगर लाई राम्रो बनाउनका लागि आफ्नो जित जरुरी रहेको बताउनु भएको थियो ।
यसैगरी माओवादी केन्द्रका जीसस न्यौपानले समर्थनमा समेत शनिबार बृहत जनप्रदर्शनसहितको ¥यालीको आयोजना गरिएको थियो । वडाका समस्या समाधान गर्न सक्ने युवा उमेदवार न्यौपानेको पक्षमा वडामा सकारात्मक माहौल बन्दै गएकोले मतदाताको आकर्षणमा उनी परेका हुन् । न्यौपानेलाई स्थानीयस्तरमा सामाजिक क्षेत्रमा क्रियाशिल युवाको रुपमा चिनिन्छ ।