विराटनगर बैशाख २५,
सुनसरीको दुहबीमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उमेद्वार मेनुका खतिवडाको चुनाबी घरदैलो अभियान जारी रहेको छ । उनले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । उनको प्रतिबद्धता पत्रमा कुनै पनि हिंसा प्रभावितहरुको लागि हटलाईन नम्बर , बृद्ध भत्ता लगायत जनताको घर घरमा पुर्याउने , गरिब तथा बिपन्न बर्गको लागि निशुल्क शिक्षा , जेष्ठ नागरिक भवन निर्माण गर्ने लगायतका योजना रहेका छन् ।
दुहबीमा लामो समयदेखि अधिकारकर्मीका रूपमा समुदायमा रहेर समाजमा रहेका सामाजिक समस्या, कुरीति ,विकृति,अत्याचारका विरुद्ध आवाज उठाउदै आएको हुनाले दुहबीका जनताको साथ आफुले पाउने खतिवडाको भनाइ रहेको छ ।
दुहबीमा नेपाली कांग्रेसबाट मेयरको उमेद्वारमा बेद गच्छदार रहेका छन् ।
उनको प्रतिबद्धता पत्र यस्तो छ :