धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ ।
क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आवद्ध हुन नहुने कानुन भए पनि उहाँ दलसँग आवद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउदा निष्पक्षता माथि प्रश्न उठ्छ ।
दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यलयले कुनै सुनुवार नभएको एमालेले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उहाँ पार्टीमा भएको भन्ने उजुरी आएको बताउनु भयो । ट्रेड युनियनमा भएका कर्मचारीहरुलाई भने हामीले व्यवस्थापन गरेका छौं । कुनै पनि कर्मचारी दलसँग आवद्ध हुन नपाईने कानुनमा छ । बराह क्षेत्रमा खटिनु भएका एक कर्मचारी ट्रेड युनियनमा भएको पाइए पछि फिर्ता बोलाइएको उहाँले बताउनु भयो ।
निर्वाचन कार्यायल धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले यस विषयमा उहाँ दलसँग आवद्ध नभएको पाइएको बताउनु भएको छ । उजुरी आए पछि उहाँलाई निगरानीमा राखेर काममा खटाइएको उहाँले बताउनु भयो ।