विराटनगरबाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

विराटनगरबाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको रु.८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्