विराटनगर–३ को चुनावी दौडमा ‘चापाकल’ चिन्हका पौडेलको चर्चा

<span class='c1'>विराटनगर–३ को चुनावी दौडमा ‘चापाकल’</span> <span class='c2'> चिन्हका पौडेलको चर्चा</span>

विराटनगर । विराटनगर–३ मा दलकातर्फबाट वडा अध्यक्ष पदका उमेदवारको घरदैलो जस्तै स्वतन्त्र वडा अध्यक्षका उमेदवारको पनि चर्को हल्ला छ । नेपाली काँग्रेसबाट कमल पुडासैनी, नेकपा एमालेबाट बासुबहादुर बस्नेतको घरदैलो अन्तिम चरणमा पुगेको बेला स्वतन्त्रका उमेदवार शत्रुघनचन्द्र पौडेल समेत चर्चामा देखिएका हुन् ।

काँग्रेसका पुराना कार्यकर्ता वडाका बुथसभापति जितेका पौडेल यतिबेला रुख बिसाएर चापाकल चुनाव चिन्हमा वडा अध्यक्षका उमेदवार बनेका छन् । उनका दुःख धेरै छन् तर हार भने खाएका छैनन् । आफ्नै वडाका उमेदवार सिफारिस गर्ने जिम्मेवारीमा पार्टीका वडा अधिवेशनमा निर्वाचन जितेर बुथसभापति भएका पौडेल यतिबेला फरक चुनाव चिन्हमा मैदान उत्रिएका हुन् ।

काँग्रेसका आँटिला र पुराना कार्यकर्ता पौडेलले रुख चिन्हमा निर्वाचन लड्न त पाएनन् । तर, उनले स्वतन्त्रबाट चापाकल चुनाव चिन्ह लिएर भएपनि वडामा अन्य प्रतिस्प्रर्धी उमेदवारलाई टक्कर दिईरहेका छन् । पौडेलको घरदैलोमा मूल पार्टीबाट टिकट पाएर उमेदवार बनेका अन्यको भन्दा कम जमघट छैन । उनका समर्थकले दैनिक घरदैलो गरिरहेका छन्, मूल पार्टीको चुनाव चिन्ह रुखमा भोट मागे झैं चापाकलमा भोट दिन अपिल गरिरहेका छन् ।

घरदैलोमा भेटिएका पौडेलले इमानको राजनीतिलाई पन्छाउँदा काँग्रेससँग दुखेर पनि प्रजातन्त्रको अभ्यासमा लागेको बताए । उनले घरदैलोमा देखिएको उत्साह र मतदाताले दिएको आश्वासनले निर्वाचन आफ्नो पक्षमा आईसकेको दावी गरे । उनको उमेदवारी काँग्रेसका आधिकारिक उमेदवरलाई निक्कै कडा पर्ने देखिएको छ । त्यसको लाभ एमालेका उमेदवारले लिनसक्ने आंकलन समेत गरिन्छ । तर, पौडेल आफैं विश्वस्त देखिन्छन् की वडा नम्बर ३ को अध्यक्षका लागि आवश्यक मत आफ्नो चुनाव चिन्हमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्