मतदाता परिचय पत्र हरायो ? यसरी भोट हाल्नुस….

<span class='c1'>मतदाता परिचय पत्र हरायो</span> <span class='c2'>? यसरी भोट हाल्नुस….</span>

विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ ।

मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्‍याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्पष्ट सूचना प्रवाहको अभावमा समेत बहुसंख्यक मतदाताहरु भोट हाल्न चाहिने आवश्यक कागजातको बारेमा जानकार छैनन् । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ । तर, निर्वाचन प्रक्रियामा सहभागी हुन अर्थात् मतदान गर्न के–के कागजात चाहिन्छ ?, नागरिकता वा अन्य परिचयपत्रबाट भोट हाल्न पाईन्छ वा पाईदैन ? र मतदाता परिचय पत्र हराएको खण्डमा के गर्ने ? लगायतका प्रश्न हाल अधिकांश मतदाताहरुको मनमा छ ।

यसै सम्बन्धमा केन्द्रित रहेर आज हामीले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयसँग संक्षिप्त कुराकानी गरेका छौं । कार्यालयका अनुसार यसपटकको स्थानीय निर्वाचनमा सरकारले मतदानका निम्त्ति विभिन्न विकल्पहरुको व्यवस्था गरेको छ । जसअनुसार यसपटक अनलाईनबाट निकालिएको मतदाता परिचय पत्र, हालसालै बनाईएको नयाँ मतदाता परिचय पत्र र नयाँ नहुनेको हकमा पुरानै परिचय पत्रले समेत मतदान गर्न पाईने छ ।

मतदाता परिचय पत्र हराएको खण्डमा नेपाली नागरिकताले पनि मतदान गर्न पाउने बिषयमा भने छलफल भईरहेको छ । कार्यालयका सुचना अधिकारी तिर्थराज अधिकारीका अनुसार बैशाख २८ गतेभित्र सरकारले सो बिषयमा आवश्यक निर्णय गरिसक्नेछ ।

विगतका निर्वाचनहरुमा मतदाता नामावलीमा नाम भएका मतदाताहरुले नागरिकताले पनि भोट हाल्न पाउने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्