विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ ।
किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार्यक्रममा सहभागी भएका मेयरका पदका उमेदवार काईरालालाई ‘सिलाम साक्मा ’ लगाई दिएर सम्मान गरेको हो । कोईरालालाई विराटनगर महानगरपालीका वडा नम्बर १६ का वडा अध्यक्ष तथा किराँत याक्थुङ चुम्लुङ महानगर कमिटिका सल्लाहाकार मनोज सुब्बाले सिलाम साक्मा लगाएर सम्मान गरेका थिए ।
सिलाम साक्मा लिम्बूको जातीको लागो वा लिम्बू सांस्कृतिक बिम्ब मानिदै आएको छ । किरात लिम्बू भाषामा ‘सिलाम साक्मा’ विभिन्न शब्दहरूको संयोजन भएर बनेको छ । सिको अर्थ मृत्यु । लाम्को अर्थ बाटो । साक्माको अर्थ छेक्नु वा थुन्नु हो । यसरी मृत्यु छेक्ने बाटोको रूपमा शाब्दिक अर्थ बोकेको छ सिलाम साक्माले । विगतका दिनमा सिलाम साक्मालाई तङ्सिम अनुष्ठान गरेर घरमा लगेर घरमा झुन्ड्याउने गरिन्थ्यो ।
तर अचेल विभिन्न समारोहमा अतिथिलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै घरमा आउने पाउना सुरक्षित रहुन भन्ने उध्येश्यले प्रयोग गरिदै आएको छ । चुनावी भेटघाट तथा छलफल कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका बरिष्ठ सल्लाहाकार दिल बहादुर थेवेले यसपटको चुनावमा जनताले प्रत्यक्ष रुपमा चुनेर नेता रोज्नु पर्ने भएका कारण पाटी भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिनुपर्ने सझाव दिए ।
विराटनगरमा किराँत समुदयहरु न्युन रहेका कारण लिम्बु समुदायले निर्माण गरेको चुम्लुङ भवनको अपुरो भवनलाई पुर्णता दिनुको लागी समेत आग्रह गरेका छन् । थेवेले विराटनगरमा सबैभन्दा ठूलो समस्या सार्वजनिक शौचालयको अभाव भएका कारण यस्ता कुरामा कोईरालालाई ध्यानकाअर्षण गराए ।
सयुक्त गठबन्धनबाट मेयर पदका लागी उम्मेदवार दिएका कोईरालाले आफु निर्वाचित भाईहाले आफुसँग त्यो बेला समय नहुन सक्छ कोईरालाले भने, त्यो बेला तपाईहरु म कहाँ हैन म तपाईहरुसँग आउने बाताबरण बनाउँछु । कोईरालले किराँत समुदायहरुको मठ मन्दिर निर्माण तथा तिनीहरुको संरक्षणको लागी आफु सधैभ लागि पर्ने बताए । विराटनगरमा सार्वजनिक शौचालय र बाहिरबाट घुम्न आउनेहरुका लागी पार्कहरु निर्माण गर्ने समेत बताए ।
विराटनगर महानगरपालीकाको मेयर पदमा उठेका कोईरालालाई किराँत याक्थुङ चुम्लुङ , किराँत राई यायोक्खा र किराँत याक्खा छुम्मा महानगर कमिटीले सयुक्त रुपमा खदा लगाईदिएर शुभकामना दिएका थिए ।