५९ प्रकारका निर्वाचन सामाग्री बुझेर कर्मचारीहरु मतदान स्थल प्रस्थान

५९ प्रकारका निर्वाचन सामाग्री बुझेर कर्मचारीहरु मतदान स्थल प्रस्थान

विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरु मतपत्र सहित ५९ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप र विभिन्न प्रकारका अनुसूची फारम लगायतका सामाग्री बुझेर उनीहरु तोकिएको मतदान स्थल हिँडेका हुन् । प्रदेश निर्वाचन कार्यालय आईतबार पहिलो दिन भौगोलिक रुपमा विकट मानिने मोरङका ६ वटा स्थानीय तहमा खटिने कर्मचारीलाई मतपत्र सहितको निर्वाचन सामाग्री हस्तान्तरण गरेको छ । जसमा मिक्लाजुङ सहित कानेपोखरी, केराबारी र उर्लाबारी, सुनवर्षी, लेटाङ र पथरी शनिश्चरे नगरपालिका परेका छन् ।

विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकालाई २७ गते निर्वाचन सामग्री उपलब्ध गराउने तयारी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतपत्र सहितका सम्पुर्ण निर्वाचन सामग्री उपलब्ध गराएर मतदान स्थलतर्फ खटाईएको हो ।

जिल्लाका सबै १७ पालिकामा खटिने सबै कर्मचारीलाई बैशाख २७ गतेसम्म निर्वाचन सामग्री प्रदान गरिसक्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले बताए । उनले मोरङमा ३०० मतदान स्थल र ८२० वटा मतदान केन्द्रको स्थापना गरिएको जानकारी दिए । ती स्थानहरुमा १ हजार ६ सय ५७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु खटाईने उनको भनाई छ ।

मतपत्र सहित निर्वाचन सामग्री लिएर कर्मचारीहरु खटिने भएकोले मतदान स्थलहरुमा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध भईसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्