निर्वाचनका दिन औद्योगिक क्षेत्र बन्द

निर्वाचनका दिन औद्योगिक क्षेत्र बन्द

विराटनगर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोर एक दिन बन्द रहने भएको छ । करिडोरका ठूला, मझौला तथा साना गरि ५०० संख्याका उद्योग आगामी बैशाख ३० गते बन्द राखिने भएको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्नका लागि घर जानुपर्ने टाडा मजदुर भए २९ गते विदा दिने र ३० गते औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा बन्द राखिने बताउनुभयो । विराटनगर भन्सार कार्यालय समेत २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म पूर्ण रुपमा बन्द हुने भएकोले करिडोर पनि बन्द हुने अध्यक्ष रिजालको भनाई छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले मतदान गर्ने अधिकार सुरक्षित राख्ने गरि उद्योग सञ्चालकहरुले ३० गते उद्योग बन्द राख्ने जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्