बिद्युत नियमित भएसँगै लयमा फर्कियो औद्योगिक करिडोर

बिद्युत नियमित भएसँगै लयमा फर्कियो औद्योगिक करिडोर

विराटनगर । औद्योगिक करिडोरमा दुई महिनापछि विद्युत आपूर्ति सुचारु भएसँगै सुनसरी–मोरङका उद्योगीले सहज महशुस गरिरहेको उद्योगीहरुले बताएका छन् । गत फागुनदेखि ‘अन्ड्यूल’ लोडसेडिङले पिरोलिएका उद्योगीले गत मंगलबारदेखि करिडोरलाई पूर्ण रुपमा सञ्चालनमा फर्काएको बताएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले गत मंगलबादेखि सुनसरी–मोरङ करिडोर पूर्ण रुपमा सञ्चालनमा आएको बताउनुभयो । अहिले ढुक्क भएका छौं, दुई महिनासम्म अत्यास लाग्दो स्थितिबाट गुज्रेको करिडोर पुनः लयमा फर्केको छ, अध्यक्ष रिजालले भन्नुभयो–आपूर्ति प्रणालीको व्यवस्थापनमा भएको लापर्वाहीलाई प्राधिकरणले गम्भीर रुपमा लिएर सच्याएको छ ।

उद्योगीहरुले सरकारले आफ्ना आवाज सुनेको भन्दै खुशी भएका छन् । लोडसेडिङका कारण दैनिक १२ घण्टा मात्रै उदोग सञ्चालन गर्नुपर्ने स्थितिको अन्त्य पुनः भएको आसामा उद्योगीहरु रहेका छन् । बिना सूचना बिद्युत आपूर्ति बन्द हुँदा औद्योगिक करिडोरको उत्पादन कटौती गर्नुपर्नेदेखि मजदुरलाई बिदा बसाउनु पर्ने अवस्था आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्