विराटनगर-११ मा स्वतन्त्र उम्मेदवार निर्मल तामाङको चर्चा बढ्दै

विराटनगर-११ मा स्वतन्त्र उम्मेदवार निर्मल तामाङको चर्चा बढ्दै

विराटनगर । अहिले देशभरी घर-घरमा पुग्ने उम्मेदवारहरुको दौडधुपले चुनावी माहोल बढेको छ ।

चुनावको समय मात्र आउँछन् भनेर दलका नेता र उम्मेदवारलाई आरोप लागि रहेको समयमा विराटनगर वडा नं.११ मा भने फरक अवस्था देखिदैछ ।विराटनगर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तामाङलाई वडाका नागरिकहरुले गरिरहेको स्वागतका दृश्यहरुले स्वतन्त्र उम्मेदवारको चर्चा बढ्दै गएको छ । घरघर पुगि रहँदा निर्मललाई वडावासीले लालटीन चुनाव चिन्ह लिएर चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रका विषयहरुले आम नागरिक उत्साहित भईरहेका छन् । प्रतिवद्धता पत्रमा वडा कार्यालयमा भईरहेको झन्झट कम गर्ने, डुबानको समस्या पाँच वर्ष भित्र समाधान गर्ने, विकास निर्माणलाई पारदर्शी बनाउने, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाण लगायत प्रमाणीकरण गर्ने सिफारिस वडाबासीको घरमै पुर्याउने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् ।

विराटनगर वडा नम्बर ११ को मतदाता निरज सुवालले निर्मल तामाङ स्वच्छ छविको भएकाले यस्तो माहोल भएको बताउँछन् । “कुनै दाग नभएको र विकास र समाजको लागि निरन्तर काम गरेको व्यक्ति हो” सुवालले भने, “अहिले यस वडाका बासिन्दाहरुमा वडाध्यक्षको एक भोट लालटिनमा भन्ने कुरा छ ।”

वडामा स्वतन्त्र उम्मेदवार निर्मलसँगै यस अघिका वडाध्यक्ष नेकपा एमालेका तिर्थेन्द्र न्यौपाने, नेपाली काँग्रेसका रामसुन्दर राजवंशी , जनता समाजवादी पार्टीबाट गणेश साह, नेकपा एकीकृत समाजवादीबाट घनेन्द्र थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लोकेन्द्र ढकाल, जनमत पार्टीबाट गंगा सहनी र पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट सरिता सहनी वडाध्यक्ष पदको लागि उम्मेदवार छन् ।

विराटनगरमा यस अघिको स्थानीय तहको निर्वाचनमा दुई वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्