छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीलाई अरनिकोको सम्मान

छात्रवृतिमा नाम निकाल्ने विद्यार्थीलाई अरनिकोको सम्मान

विराटनगर । विराटनगरस्थित अरनिको कलेजले एमबीबीए र प्यारामेडिकलको पूर्ण छात्रवृतिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

कलेजमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृतिमा नाम निकालेपछि सोमबार एक कार्यक्रम आयोजना गरि कलेजले उनीहरूलाई सम्मान गरेको हो । कलेजमा अध्ययरत १८ विद्यार्थीहरूले गत चैत्रमा भएको इन्ट्रान्स परीक्षामा एमीबीएसमा १० र प्यारामेडिकलमा ८ जना विद्यार्थीले नाम निकालेका थिए । यसरी एमबीबीएसमा नाम निकाल्नेहरूमा देव कुमार साह, लाक्पा मोक्ताङ्ग, खुस्बु नायक, प्रज्वल कुमार माझी, प्रिन्स कुमार, कुलदीप बस्नेत, दिपेन्द्र कुमार यादव, सन्देश त्रिताल र खुस्बु चौधरी रहेकी छन् ।

यस्तै, प्यारामेडिकलमा आकृति दाहाल, फारुप अन्सारी, नवराज यादव, जयनन्द साह, डिजेम्बर कुमार यादव, जयराम यादव, कृष्ण साह र जिवन्द्र कुमार यादव रहेका छन् । उनीहरूलाई कलेजले मायाको चिनो, दोसल्ला र नगदसहित सम्मान गरेको थियो ।

यस्तै सोमबार आयोजित सोही कार्यक्रमका बिच अरनिको कलेजले ६ जना उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत समेत गरेको छ । पुरस्कृत हुनेहरूमा कलेजकी निकिता झा र निरज रेग्मी रहेका छन् । उनीहरूलाई नगद ३५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ । यसैगरि बिनिता न्यौपाने, दीक्षा साह, आकाश यादव र आकृत त्रिताललाई पनि कलेजले जनही ५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ । उनीहरूलाई कलेजका पूर्व विद्यार्थी दिवस थापाले आफ्नो आमा बुवाको नाममा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ ।

यसबाहेक कलेजले लिएको आन्तरिक परीक्षामा प्रथम हुने निरज रेग्मी, द्धितीय ओल्सन कार्की र तृतीय हुने आकृत त्रिताललाई पनि कलेजले पुरस्कृत गरेको थियो । उनीहरूलाई जनही क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

विद्यार्थीहरूलाई कलेजका प्राचार्य राजेश कार्की, कोअर्डिनेटर विकास खनाल, संस्थापक निलम कुमार अधिकारी, भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा र उमेन्द्र विलास लुँईटेल लगायतले सम्मानले गरेका थिए । अरनिकोमा अध्ययरत विद्यार्थीहरूले प्रत्येक वर्ष एमीबीएस, प्यारामेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्