मतदाता शिक्षा दिदैं दलका कार्यकर्ता घरघरमा

<span class='c1'>मतदाता शिक्षा दिदैं</span> <span class='c2'>दलका कार्यकर्ता घरघरमा</span>

विराटनगर । निर्वाचन नजिकीएसँगै स्थानीय तहमा उम्मेदवार र दलका कार्यकर्ता घरघरमा मतदाता शिक्षा दिन जुटेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा धेरै मत बदर भएपछि यो निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता आफैं मतदाता शिक्षामा जुटेका हुन् । विराटनगर-४ नेकपा माओवादी केन्द्रका नेता बिनोद घिमिरेका अनुसार अहिले वडामा दशजना विद्यार्थी नेतालाई मतदाता शिक्षामा खटाइएको छ । मोरङमा ढिलो गरि मतपत्र आएकोले दलहरुले पछिल्लो समय छुट्टै समूह परिचालन गरेर मतदाता शिक्षामा घरघरमा कार्यकर्ता खटाएका हुन् ।

विराटनगरमा २०७४ को स्थानीय तह निर्वाचनमा २० प्रतिशत मत बदर भएको थियो । त्यो बदर मतलाई सदर बनाउन यस पटक दलहरुले मतदाता शिक्षा दिन जुटेका हुन् । नेकपा एमाले विराटनगरका सचिव रोहित कोइरालाले मतदातालाई सजिलो पार्ने हिसाबले घरघरमा पुगेर मत हाल्न सिकाउने गरिएको छ । एमालेले विराटनगरमा टोल कमिटिमार्फत यो काम गरिरहेको छ ।

नेपाली काँग्रेसले पनि विराटनगरमा मतदाता शिक्षा दिने अभियान सुरु गरेको छ । नेपाली काँग्रेस विराटनगरका सहसचिव दिवस नेपालले विराटनगरमा शिक्षक संघलाई परिचालन गरेर मतदाता शिक्षा दिने काम भईरहेको जानकारी दिनुभयो । गठबन्धन दलका मतदाताले मत हाल्न असजिलो भएका कारण यस पटक पनि बदर मतको संख्या उस्तै रहने अनुमान गरिएको छ ।

मोरङका १७ स्थानीय तहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । एक महानगरपालिका सहित ८ नगर र ८ गाउँपालिका रहेका छन् । निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यलयका प्रमुख लेवन काश्यप अधिकारीले समय छोटो भएको प्रभावकारी मतदाता शिक्षा सञ्चालन गर्न नसकेको बताउनुभयो ।
मतदाता शिक्षाका लागि आम सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोगलाई बढाइएको अधिकारीको भनाई छ । उहाँले निर्वाचन आयोगले स्थलगत रुपमा कर्यक्रमको आयोजना गरेर शिक्षा दिने कार्यक्रमको शिर्षक नै नराखेको जानकारी दिनुभयो । तर, राजनीतिक दलसँगको अन्तरक्रियामा घरदैलो गर्ने क्रममा शिक्षा दिन आयोगले आग्रह गरेकोले केहि प्रभावकारी हुने बुझाई छ ।

विराटनगरमा यो पटक १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा ६१ हजार २७० मात्रै सदर मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्