विराटनगरमा आज अन्तिम चुनावी प्रचार तथा शक्ति प्रदर्शन, सामाजिक सञ्जालको निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

विराटनगरमा आज अन्तिम चुनावी प्रचार तथा शक्ति प्रदर्शन, सामाजिक सञ्जालको निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो ।

नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईका अनुसार काँग्रेसले २ः३० बजे शहीद मैदान विराटनगरबाट चुनाव प्रचार ¥याली निकाल्ने भएको छ । यसैगरी एमालेले दिउँसो ३ बजे पुष्पलाल चौकबाट अन्तिम चुनाव प्रचार ¥याली निकाल्ने भएको छ ।
दलहरुका तर्फबाट गरिने यो अन्तिम चुनावी प्रचार ¥यालाी हुनेछ । मौनअवधि सुरु भएपछि निर्वाचनसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ । सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए–नहटाएको तथा नयाँ प्रचार सामग्री राखे÷नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।
आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्