विराटनगरमा ३२ लहरको सानो मतपत्र

विराटनगरमा ३२ लहरको सानो मतपत्र

विराटनगर । विराटनगरको मतपत्र सबैभन्दा सानो हुने भएको छ । उमेदवार मनोनयनका आधारमा छपाइएको मतपत्र विराटनगरका लागि ३२ लहरको अथवा ३२ नम्बरसम्मको हुनेछ ।
देशभरका ६ महानगरबाहेक अन्य ७४७ पालिकाहरुमा भने निर्वाचन आयोगले अनुमानका आधारमा धेरै निर्वाचन चिन्ह राखेर मतपत्र छपाएको छ । निर्वाचन आयोग नेपाल प्रदेश कार्यलयका प्रमुख लेवन कश्यप अधिकारील एउटा दलको एक जनाले मात्रै उम्मेदवारी दिएको भए पनि ७ वटै चिन्ह राखिएको जानकारी दिनुभयो ।

एकजना मात्रै उमेदवार भएपनि जुन पदमा उठेको हो, त्यहि पदको चिन्हमा मात्रै मतदाताले छाप हाल्नुपर्ने हुन्छ । सातजनालाई मतदान गर्न सक्ने मतदाताले समान चिन्ह वा फरक–फरक चिन्हमा भएपनि सात छाप मात्रै लगाउनु पर्नेछ । प्रमुख वा उपप्रमुख पदमा एकएक, वडा अध्यक्षमा एक, दलित र महिला सदस्यमा एक र खुल्ला सदस्य दुईजनामा एकएक छाप लगाउनु पर्नेछ । खुल्ला सदस्यतर्फ एउटै रोमा भएका दुईजनालाई तल र माथि मत लगाउन मिल्छ । तर, अन्यको हकमा एउटै पदमा हुने गरि तल र माथि मतदान गर्दा बदर हुनेछ ।

तीनसय मतदानस्थलमा ८ सय २० वटा मतदान केन्द्र रहेको विराटनगरमा प्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादवको उम्मेदवारी छ । यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीको उम्मेदवारी रहेको छ । राप्रपाबाट प्रमुखमा पल्हादप्रसाद साह, स्वतन्त्रबाट उमेश यादव, सक्रिय गौतम, राष्ट्रिय जनमत पार्टीबाट अरुण मण्डललगायत १६ जनाको उम्मेदवारी परेको छ । मोरङका १ सय ५९ वटा वडाका ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । यस पटक मात्रै मोरङमा १ लाख ४१ हजार मतदाता थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्