जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्न नेता गच्दारको आग्रह

जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्न नेता गच्दारको आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत दिन आग्रह गरे । उनले नेपाली कांग्रेसका नेताको जित भनेको नेताको मात्र नभएर सबैको जित भएको सुनाए । उनले भने, “विजय गच्छदार र शेखर कोइरालाको जित भन्ने नसोच्नु होला यो पार्टीको जित हो । त्यसैले लोभ लालचामा नपर्नुहोस जनताका लागि दिनरात खटिएर काम गर्ने कांग्रेस उमेदवारलाई भोट दिनुहोस ।”

नेपाली कांगैसका नेता डाक्टर शेखर कोइरालाले आठ रुख सात छापमा भोट दिई विजय गराउन आग्रह गर्दै भने,“लोकतन्त्रको रक्षा गर्न अनि जनताको घरदैलोमै गई काम गर्नसक्ने उमेदवार चुन्न लागिपर्नुहोस ।” कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार जितनारायण थापा मगरले आफूलाई जिताएमा सबैलाई शिक्षामा समान अवसर दिई सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क र एक समान शिक्षा दिइने व्यवस्था गर्ने प्रतिबद्धता जनाए । सबै सामुदायीक विद्यालयको भौतिक र शैक्षिक पूर्वाधारहरु सुदृढ गर्ने बताए ।

मातृभाषमा(थारु) पढनपाठन गराउने व्यवस्था गर्ने उनले बताए । घर घुम्ती क्लिनिक संचालन गर्ने विपन्नहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताए । कृषिमा आत्मनिर्भर बढाउन किसानहरुको सुचीकरण र वर्गीकरण गरी कृषि सामाग्री तथा कृषि सेवामा सबै कृषकहरुको पहुँच सुनिश्चित गर्ने उनले स्पष्ट पारे । प्रत्येक घरबाट एकजनालाई सिपमुलक तालिम दिलाई रोजगार व्यवस्था गर्ने उनले बताए ।

स्थानीय कर वैज्ञानिक लोखाजोखा विधिबाट निर्धारण गर्ने र दोहोरो कर अन्त्य गर्न पहल गर्ने बताए । गरिबीलाई उच्च, मध्यम र निम्न वर्गमा विभाजन गरी कार्ड उपलब्ध गराउने र सोही अनुरुप न्यून गरीबीलाई विधुत महशुल निःशुल्क गर्ने बताए । यस्तै उपाध्यक्षकी उम्मेदवार अमृता गच्छदारले महिलाहरुलाई सीप सिकाई उनीहरुलाई स्वरोजगार बनाउन अनुदानको व्यवस्था गर्ने बताइन् । सातवटा वडा रहेको मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबिना एक्लै उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्