सुनवर्षीबाट लागूऔषध सहित एक जना पक्राउ

सुनवर्षीबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब्राउनसुगर, ४ सय ७० मिलिग्राम चरेस, नियन्त्रित लागूऔषध १० पत्ता ट्रमाडोल र ३ पत्ता स्पास्मो प्रोक्सिभन सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्