मोरङका सीमानाका पूर्ण बन्द

मोरङका सीमानाका पूर्ण बन्द

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहसँग जोडिएका सीमानाका बन्द गरिएो छ । निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न भने दिइने छ । मतदानको दिन वैशाख ३० गते भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।

भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरीका नाका ७२ घण्टा बन्द राखिने छ । निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुनेछ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्