सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपियाँले घटेर एक हजार २४५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्