अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

बारा । जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्