वडाध्यक्षका उम्मेदवारको मृत्युपछि,उनकै कान्छा छोरा बने उम्मेदवार

<span class='c1'>वडाध्यक्षका उम्मेदवारको मृत्युपछि,उनकै कान्छा</span> <span class='c2'>छोरा बने उम्मेदवार</span>

दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनु भयो ।

चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा नै उनको मंगलबार राति नै मृत्यु भएको थियो ।

उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ । ५३ बर्षीय चौधरी मिर्गौला र कलेजोको बिरामी रहेका थिए । चौधरीले यसअघिको कार्यकाल तुलसीपुर-१७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।

अनलाईन खबरको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्