भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

<span class='c1'>भक्तपुरबाट लागुऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्