ब्रेकिङ : टिपर र सिटी जुध्दा महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि दुर्घटना

ब्रेकिङ : टिपर र सिटी जुध्दा महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि दुर्घटना

विराटनगर । विराटनगर महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि सिटी सफारी र टिपर जुध्दा २ जना घाईते भएका छन् ।

विपरीत दिशाबाट आईरहेको ना ३ ख ३६९७ नम्बरको टिपरले को १ ह ६१६५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सफारी सवार २ जना यात्रु घाईते भएका हुन् । उनीहरुको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको स्थानीय प्रत्यक्षदर्शीहरुले आवर विराटनगरलाई बताएका छन् । उनीहरुका अनुसार सिटीमा ३ जना सवार थिए । सिटी चालक र एकजना सवार यात्रुलाई भने केही नभएको बताईएको छ । घाईतेलाई उपचारका लागि न्युरो अस्पताल लगिएको जनाईएको छ ।

दक्षिणबाट उत्तरतर्फ गईरहेको सिटीले पेट्रोल पम्प अगाडिबाट यु टर्न लिने क्रममा उत्तरबाट दक्षिणतर्फ आईरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

टिपर र सफारी चालक तथा सिटीमा सवार यात्रुहरुको पुर्ण विवरण हाल खुल्न सकेको छैन् । घटना सम्बन्धमा भने थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्