हिउँदे र वर्षे विदा कटौती गरी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने

हिउँदे र वर्षे विदा कटौती गरी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने

काठमाडौं । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन विदा हुने भएको छ ।

शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो । आज बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा विदा दिने औपचारिक निर्णय गरेको हो ।

शनिवार र आइतवार विदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुने भएको छ । हिउँदे विदा, वर्षे विदा, स्थानीय विदा वा पर्व विदाहरुलाई कटौती गरी वर्षमा ३० दिन मात्रै विदा दिने शिक्षा मन्त्रालयले निर्णय गरेको हो ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व विदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै विदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्