दुर्घटनामा परी मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरोमा सफल उपचार

दुर्घटनामा परी मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । सवारी दुर्घटनामा परि मस्तिष्क बाहिर निस्कीएको एक बालकको विराटनगर– ३ कञ्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ ।

ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । गत वैशाख ८ भारतको दिपनगरमा सवारी दुर्घटनामा परी कृष्ण कुमारको टाउको मस्तिष्क बाहिर निष्कीएको थियो । दुर्घटनामा परि कृष्णका आमा सोलोचना देवी साहको भने घटना स्थलमा मृत्यु भयो । बालकको टाउको गम्भिर चोट लागेर मस्तिष्क बाहिर निस्किएर क्षतबिक्षत भएपछि घाईते बालकलाई भारतको दरभंगा अस्पताल लगिएको थियो । त्यहाँको अस्पतालले पटना रेफर गर्‍यो ।

तर, विरामीका आफन्तले विराटनगरमा रहेको आर्या न्यूरो अस्पतालमा राम्रो उपचार हुने गरेको थाहा पाएपछि उनीहरू यहाँ आएका थिए । न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले बाहिर निस्किएको मस्तिष्कको सफल उपचार गरेका छन् ।‘अहिलेसम्मको यो जटिल उपचार हो । बालकको हकमा मस्तिष्क बाहिर निस्किएर शल्यक्रिय गरि उपचार गरेको पहिलो घटना हो,’ उनले भने, ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो । उपचारपछि ठिक भएका बालकलाई अस्पतालले बुधबार डिस्चार्ज दिएको छ ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.पंकजराज नेपालले उपचार गरेपछि छोराको स्वास्थ्य अवस्था ठिक भएपछि बावु मुकेश साह हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । २० दिनको उपचार पछि बुधबार डिस्चार्ज भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनु हुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’साह परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । उपचार पछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए ।

बालककोे उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए । पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्