निर्वाचन विशेष सुरक्षा ‘हाईअलर्ट’

निर्वाचन विशेष सुरक्षा ‘हाईअलर्ट’

विराटनगर । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ मा सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ राखिएको छ । निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरिएको हो ।

निर्वाचन लक्षित सुरक्षा स्थिति बारे प्रदेशका प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग बिहीबार बिहान ब्रिफिङ लिनुका साथै निर्देशन समेत दिनु भएको छ । जिल्ला प्रहरी प्रमुखहरुलाई भीडियो कन्फरेन्समार्फत निर्वाचनको वातावरणमा कुनै अभाव हुन नदिन निर्देशन गर्नु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविन राईले जानकारी दिनुभयो । समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिर्दै डिआईजी बिसीले मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षामा कुनै त्रुटी नगर्न बताउनु भएको हो ।
आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने र कुनैपनि किमिसको त्रुटी नगर्न भनिएको छ ।

यसैगरी प्रदेश सुरक्षा समितिले अतिसंवेदनशील क्षेत्र मानिएका निर्वाचनस्थलको अनुगमन गरिरहेको छ । प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिकाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., स.प्र.ना.म.नि. कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी ईटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्