मिक्लाजुङ–१ बर्खेमा बम राखिएको हल्ला, सेना र प्रहरीको टोलि घटनास्थलतर्फ

<span class='c1'>मिक्लाजुङ–१ बर्खेमा बम राखिएको हल्ला,</span> <span class='c2'>सेना र प्रहरीको टोलि घटनास्थलतर्फ</span>

विराटनगर । मोरङको मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु देखिएको छ ।

सडकमा कुकर फेला परेको हो। खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर देखिएको भन्नु सूचना पाएपछि अहिले प्रहरी र नेपाली सेनाको टोलि खटेको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठले घटनास्थलसम्म पुग्न चार घण्टा लाग्ने भएकोले अहिले नेपाली सेनासहित नेपाल प्रहरीको टोलि त्यतातर्फ गईरहेको जानकारी दिनुभयो।

सडकमा दुईवटा बाँस समेत राखेर अवरोध सिर्जना गरिएको छ । सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीका अनुसार उक्त वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट लगभग १२ किलोमिटर पूर्वतर्फ पर्छ। उक्त स्थान उर्लाबारीबाट भने ३२ किलोमिटर उत्तरमा पर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्