विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादव विरुद्ध भ्रामक हल्ला चलाइएको भन्दै उनको सचिवालयले खण्डन पठाएको छ ।
निर्वाचन नजिकदै जाँदा विपक्षीले मेयर पदका उम्मेदवार यादवले उम्मेद्वारी हापेको भ्रामक प्रचार गरेको भन्दै सचिवालयले खण्डन गरेको हो । निर्वाचनलाई असर पार्ने गरि भ्रामक प्रचार गरिएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरिएको छ । आफ्नो उम्मेद्वारी कायम रहेको बताउँदै कुनै शंका र भ्रममा नपर्न आग्रह गरेका छन् ।
शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सबैसँग आग्रह समेत गरेका छन् ।