कानेपोखरीमा काँग्रेस–एमाले झडप,युवा संघ अध्यक्ष पौडेलको टाउकोमा चोट

कानेपोखरीमा काँग्रेस–एमाले झडप,युवा संघ अध्यक्ष पौडेलको टाउकोमा चोट

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति मतदातालाई प्रभावित गर्न पुगेका नेपाली काङ्ग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परेर एमाले भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । उनी न्यूरो अस्पतालमा उपचारपछि घर फर्केका छन् । राति १०ः३० बजेतिर कानेपोखरी– २ दलेली बजारनजिकै दुई पक्षबीच झडप भएको थियो ।

झडपमा टाउकोमा चोट लागेका उनी उपचारपछि घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ । पौडेल कानेपोखरी–६ का बासिन्दा हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले दुवै समूहले आचारसंहिता उल्लंघन गरेको देखिएकोले थप अनुसन्धान भईरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्