मुस्लिम आयोगका अध्यक्ष समिय मियाँले पैसा बाँडेको आरोप

मुस्लिम आयोगका अध्यक्ष समिय मियाँले पैसा बाँडेको आरोप

विराटनगर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप लागेको छ । साह केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गराउन अन्सारीले नै भूमिका खेलेका थिए । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अन्सारीले होटेलमा बसेर पैसा बाँडिरहेको भन्ने सूचना पाएपछि एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारी १५–२० जनाको समूहमा लिएर होटेल पुगेका थिए । होटेलमा होहल्ला र तोडफोड गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्