विराटनगरसहित बुद्ध एयरले राति पनि उडान गर्ने

विराटनगरसहित बुद्ध एयरले राति पनि उडान गर्ने

विराटनगर । आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ ।

तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान राति ८ बजेदेखि गर्न लागेको बुद्ध एयरले जनाएकाे छ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले जनाएको छ । बिहान र दिउँसोको तुलनामा रात्रिकालीन उडान सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको बताएको छ। यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुद्ध एयरको दाबी छ ।

बुद्ध एयरले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्