सुनसरीमा सीमा जोडिएका चार गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश

<span class='c1'>सुनसरीमा सीमा जोडिएका चार गाउँपालिकामा पूर्ण</span> <span class='c2'>र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश</span>

इनरुवा । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेध घोषणा गरिएको जानकारी दिनुभयो ।

त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा निषेधाज्ञा जारि गरिएको हो । निषेधाज्ञाको समयमा सुरक्षा निकायसंगको समन्वयमा मात्र घर बाहिर निस्किन पाइने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्