विद्यार्थीलाई साउथ इन्डियन कल्चरको सत्कार र परिकारहरुको बिषयगत अभ्यास

विद्यार्थीलाई साउथ इन्डियन कल्चरको सत्कार र परिकारहरुको बिषयगत अभ्यास

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले साउथ इन्डियन कल्चरल (दमेटिक ग्यास्ट्रोनोमी इन साउथ इन्डियन कल्चर एण्ड रेसिपी) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन गरेका छन् ।

सास्थम कलेजमा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययनरत दोस्रो सेमेस्टरका विद्यार्थीहरुले सैदान्तिक रुपमा पढेका कुरालाई व्यावहारिक रुपमा प्रस्तुत गर्दै नयाँ कुराको ज्ञान हासिल गरेका छन् । विद्यार्थीहरुले हस्पिटालिटी सम्बन्धी साउथ इन्डियन कल्चरको लागी अतिथी सस्कार , खानपिन तथा पहिरानको समेत ज्ञानलाई व्यवहारमा उतारेका थिए ।

किताबी ज्ञानलाई व्यावहारिक रुपमा प्रदर्शन गर्न पाँउदा धेरै खुशी लागेको विद्यार्थीहरुको भनाई छ । हामीले पढेका कुरालाई भोलीको दिनमा व्यवहारिक रुपमा जान सहज हुने भएका कारण यस्ता खालका क्रियाकलाप कलेजले विद्यार्थीलाई गराउनु आवश्यक रहेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले होटल मेनेजमेन्ट सम्बन्धी अध्ययन गरेका कुरालाई प्राक्टिकल रुपमा अभ्यास गराएर विद्यार्थीहरुको क्षमता अभिवृद्धी गराउनुका साथै भोलीको दिनमा हस्पिटालिटी सम्बन्धी ज्ञान आर्जन गरुन भनेर अभ्यास गराइएको सास्थम कलेज होटल मेनेजमेन्टका प्रोग्रामको अडिनेटर शैलेन्द्र गनेशले बताउनुभयो ।
विद्यार्थीहरुले नेपाली कल्चरसंग सगै अन्य मुलुकका कल्चरलाई सिक्ने मौका पाउन भनेर अभ्यास गराएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्