विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श विद्यालयको मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।
नेता कोइरालाले केहिबेर अगाडी मतदान गर्नु भएको हो ।
विराटनगरमा गठबन्धनकातर्फबाट नागेश कोइराला मेयरमा, जसपाका अमरेन्द्र यादव उपमेयरका उमेदवार हुनुहुन्छ । यसैगरी नेकपा एमालेबाट सागर थापा मेयर, शिल्पा निराला कार्की उपमेयर उमेदवार हुनुहुन्छ ।
स्वतन्त्रबाट उमेश यादव मेयर र नमिता न्यौपाने उपमेयर उमेदवार हुनुहुन्छ ।