पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे

<span class='c1'>पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो मतपत्र</span> <span class='c2'>सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे</span>

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट भट्टराईले मतदान गरेका हुन् ।

उनले मतदान गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्वीरमा मत संकेत प्रस्ट देखिएको छ । उनले मतदानपछि ट्विटरमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने व्यवस्था रहेको छ। त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था रहेको छ । त्यसो गरिएको अवस्थामा के भन्नेबारे उल्लेख छ, 'उपदफा (१)विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्