विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको छ । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदानमा सुरु हुन केहिबेर लागेको हो ।
मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले अहिले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भईरहेको जानकारी दिनुभयो ।
बिहान ७ बजे मतदान शुरु हुन लाग्दा पानी परेका कारण केही स्थानमा मतदान हुन ढिला समेत भएको थियो । तर, अहिले मतदान जारी छ ।
प्रदेश १ का छिटपुट मतदान केन्द्रबाहेक अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ । भोजपुरको अरुण गाउँपालिकास्थित विश्वप्रेमी मावि केन्द्रमा मतदान सुरु हुन ढिलाई भएको थियो ।