कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

<span class='c1'>कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप,</span> <span class='c2'>९ राउण्ड हवाई फायर</span>

विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । दोहोरो झडप भएपछि त्यहाँ तत्काललाई मतदान कार्य स्थगित भएको छ ।

मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्