मन्त्री कार्कीद्वारा मतदान, निर्वाचनलाई मर्यादित बनाउन अपिल

<span class='c1'>मन्त्री कार्कीद्वारा मतदान, निर्वाचनलाई</span> <span class='c2'>मर्यादित बनाउन अपिल</span>

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गर्नुभएको छ ।

मोरङको बुढिगंगा गाँउपालिका-२ स्थित नयाँ हेल्थ पोष्ट वस्ताहाबाट उहाँले मतदान गर्नुभएको हो ।


मन्त्री कार्कीले अन्य मतदातासंगै लाईनमा बसेर मतदान गर्नुभयो । उहाँले विवेकसम्मत ढंगले मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभएको छ । निर्वाचनको दिन(आज)एक अपिल जारी गर्दै निर्वाचनलाई मर्यादित बनाउन सबैको भूमिका महत्वपुर्ण रहने बताउनुभएको छ ।


सरकार स्वच्छ तरिकाले निर्वाचन गराउन प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले आम नागरिक पनि सभ्य भएमा मात्र निर्वाचन मर्यादित बन्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्