मापसे गरी भोट हाल्न गएका २ जना विराटनगर–१४ बाट पक्राउ

मापसे गरी भोट हाल्न गएका २ जना विराटनगर–१४ बाट पक्राउ

विराटनगर । मादक पदार्थ सेवन गरी मतदान स्थलभित्र लडिरहेको अवस्थामा फेला परेका २ युवकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ ।

अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरेका उनीहरुलाई प्रहरीले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसबाट नियन्त्रणमा लिएको हो । शुक्रबार अपरान्ह मापसे गरी मतदान केन्द्र पछाडि लडिरहेको अवस्थामा मतदाताहरुले उनीहरुलाई फेला पारेका थिए । मतदान केन्द्रमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला पठाएको छ । उनीहरुको पहिचान हालसम्म खुल्न सकेको छैन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्