मोरङमा ६५ प्रतिशत मतदान, कुन पालिकामा कति प्रतिशत

मोरङमा ६५ प्रतिशत मतदान, कुन पालिकामा कति प्रतिशत

विराटनगर । मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो ।

जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ ।

विराटनगर महानगरपालिकामा ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ । १ लाख ३३ हजार १४२ मतदता रहेका छन् ।
प्रारम्भिक रिपोर्ट अनुसार कानेपोखरीमा ६५ प्रतिशत, मिक्लाजुङमा ६९ प्रतिशत, रंगेलीमा ६४ प्रतिशत, रतुवामाई ६४ प्रतिशत, लेटाङ ६७ प्रतिशत, केराबारी ६५ प्रतिशत, उर्लाबारी ६५ प्रतिशत, सुनवर्षी ६५ प्रतिशत, धनपालथान ७३ र बेलबारी ७० प्रतिशत, सुन्दर–हरैंचा ६६ प्रतिशत, जहदा ७० प्रतिशत, बुढीगंगा ७० प्रतिशत, कटहरी ६५ प्रतिशत, पथरी ६० प्रतिशत, ग्रामथान ६५ प्रतिशत मत खसेको अधिकारीले जानकारी दिनुभयो ।

केहि मतदान केन्द्रमा अझै मतदान
विराटनगर । मोरङको २५ मतदान स्थलमा अहिले पनि मतदान जारी रहेको छ ।
विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ । निर्वाचन आयोगले ५ वजेसम्म मतदानको समय तोकेको भएपनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।
विराटनगरको हाटखोला, पुसेट कलेजलगायतको स्थानमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । यस्तै सुन्दरहैरचाका विभिन्न मतदान स्थलहरुमा मतदान भइरहेको छ ।
मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अवस्था रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तिमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्