विराटनगरको मत पेटीका आदर्श ल्याइयो

विराटनगरको मत पेटीका आदर्श ल्याइयो

विराटनगर । विराटनगरको मतपेटीका आदर्श माध्यमिक विद्यालयमा संकलन गरिएको छ । मतगणना आजै गर्ने तयारी स्वरुप मतपेटिका संकलन धमाधम भइरहेको हो ।

संभवतः आजैबाट मतगणना गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । मतदान सकिएका मतदान केन्द्रका मतपेटीका संकलन गरिएको छ । विराटनगरमा अझै केहि स्थानमा मतदान जारी रहेको छ ।

केहि मतदान केन्द्रमा अझै मतदान
विराटनगर । मोरङको २५ मतदान स्थलमा अहिले पनि मतदान जारी रहेको छ ।
विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ । निर्वाचन आयोगले ५ वजेसम्म मतदानको समय तोकेको भएपनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।
विराटनगरको हाटखोला, पुसेट कलेजलगायतको स्थानमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । यस्तै सुन्दरहैरचाका विभिन्न मतदान स्थलहरुमा मतदान भइरहेको छ ।
मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अवस्था रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तिमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्