उदयपुरमा गोली लागि एक जनाकाे मृत्यु

<span class='c1'>उदयपुरमा गोली लागि</span> <span class='c2'>एक जनाकाे मृत्यु</span>

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्।

प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका मनकुमारको खुट्टामा गोली लागेको हो।

कालिका माध्यामि विद्यालय केन्द्रमा विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड गोली चलाएको थियो। स्थानीयका अनुसार नवीनको घटनास्थलमै मृत्यु भएको हो।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्