विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ ।

विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै वडाबाट मतगणना स्थलमा मतपेटिका ल्याउने कार्य भईरहेको छ । विराटनगर-७ स्थित आदर्श माध्यमिक विद्यालयलाई मतगणना स्थल तोकिएको छ ।

अब केहीबेरमै बस्ने सर्वदलीय बैठकले मतगणना आजै गर्ने वा भोलि गर्ने बिषयमा आवश्यक निर्णय गर्नेछ । यद्यपि, श्रोतले भने मतगणना शनिबार बिहान मात्र सुरु हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्