मनाङबाट सुरु भयो मतगणना

मनाङबाट सुरु भयो मतगणना

मनाङ । हिमालीपारिको जिल्ला मनाङमा मतगणना सुरु भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना कार्य सुरु भएको जानकारी दिनुभयो । मनाङमा चार गाउँपालिका रहेका छन् । जिल्लाको नासोँ गाउँपालिकामा राति करिब ८ बजेदेखि नै पहिलो मतगणना कार्य सुरु भएको हो । त्यसपछि अन्य गाउँपालिकाहरुमा समेत मतगणना सुरु भएको उनले बताए । जिल्लामा कूल ६ हजार ४ सय ९६ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ६७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्