सोलुखुम्बुको महाकुलुङमा माओवादीका सागरलाई अग्रता

सोलुखुम्बुको महाकुलुङमा माओवादीका सागरलाई अग्रता

विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । महाकुलु वडा नं १ को ५ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले २२१ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका उम्मेदवार सुर्यबहादुर कुलुङले १९२ मत ल्याएर पछ्याएका छन् । पालिकामा सुरुवातामा काँग्रेस उम्मेदवारको अग्रता थियो । नेकपा एमालेका उम्मेदवार भक्त कुलुङको पक्षमा ६५ मत प्राप्त भएको छ ।

गाउँपालिका उपाध्यक्षमा माओवादीकै छलिमाया कुलुङ कुलुङले १८६ मत प्राप्त गर्दा कांग्रेसकी विपना कुलुङले १४५ र एमालेकी शुभधनी कुलुङले १४० मत पाएका छन् । वडाअध्यक्षमा पनि माओवादीकै उम्मेदवारले अग्रता लिएका छन् ।

वडाध्यक्षमा माओवादीका नीरकुमार कुलुङले १९५ मत प्राप्त गर्दा कांग्रेसका पर्खिधन राईले १९० मत र एमालेका तिमल कुमार राईले ८७ मत पाउदा पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्