काठमाडौंकाे बुढानिलकण्ठ-१ मा एमालेका लामा विजयी

काठमाडौंकाे बुढानिलकण्ठ-१ मा एमालेका लामा विजयी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– १ को मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बुढानिलकण्ठले सार्वजनिक गरेको सूचना अनुसार ८४५ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनु भएको छ ।

त्यसै गरी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम कुमार खड्काले ४७३ मत ल्याउनु भएको थियो भने अध्यक्षकै उम्मेदवार नेकपा एसका श्याम तामाङले ५९ मत र नेकपा(माओवादी केन्द्र) की उम्मेदवार ललिता श्रेष्ठले २२ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी सोही वडाबाट दलित महिला सदस्यमा एमालेकै तर्फबाट उम्मेदवार बन्नुभएकी शर्मिला नेपालीले ८३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्