बुढीगंगामा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

बुढीगंगामा मतगणनाको लागि सबै तयारी पुरा, केहि बेरमा सुरु हुने

विराटनगर । बुढीगंगा गाउँपालिकामा मतगणना सुरु हुन लागेको छ ।

मतगणनाको लागि सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले आवर विराटनगरलाई जानकारी दिए । अब केहि बेरमा मतगणना सुरु हुने जानकारी आएको हो ।

२८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको जानकारीमा आएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ ।

बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका हुन् । जसमध्ये पुरुष ११ हजार ६९ जना र महिला ११ हजार १ सय २६ जनाले मतदान गरेका छन् । बुढीगंगा वाड नम्बर १ मा ४३३३ जना मतदाता मध्ये ३२२९ खसेको मत, वडा २ मा ४५२० जना मतदाता मध्ये ३६६० खसेको मत , वाड ३ मा ४५८९ जना मतदाता मध्ये ३५२४ खसेको मत , वडा ४ मा ३३३७ जना मतदाता मध्ये २६७८ खसेको मत, वडा ५ मा ३५७५ जना मतदाता मध्ये २९६१ खसेको मत , वडा ६ मा ४०५६ जना मतदाता मध्ये ३२५२ खसेको मत , वडा ७ मा ३७४९ जना मतदाता मध्ये २८९१ मत खसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्