ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाल्बुमा एमालेको प्यानलै विजयी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाल्बुमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा नेकपा एमाले वडाध्यक्षसहित वडाका सबै सदस्य पदमा विजयी भएको छ।

एमाले उम्मेदवार मनोजकुमार तुम्बाहाम्फे ४ सय ५६ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्धन्द्धि रुख चिन्ह लिएर चुनावी मैदानमा रहेका ठाकुरसिंह लिम्बूले ३ सय २४ मत प्राप्त गरेका छन्। एमालेका वडाध्यक्षका उम्मेदवार १ सय ३२ मतान्तरले विजयी भएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी एकिृकत समाजवादीका लिम्बू गठबन्धन गर्दै रुख चिन्ह लिएर चुनावी मैदानमा थिए। त्यहाँ २ खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा समेत एमालेका उम्मेदवार विजयी भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्