भद्रपुरमा काँग्रेस माओवादी गठबन्धनलाई सुरुवाती अग्रता

भद्रपुरमा काँग्रेस माओवादी गठबन्धनलाई सुरुवाती अग्रता

विराटनगर । भद्रपुर नगरपालिकामा नेपााली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।

शनिबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाममा कांग्रेसले अग्रता बनाएको हो । भद्रपुर नगरपालिका १ को मतगणनामा मेयरमा नेपाली कांग्रेसले ३ सय ३९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ सय ९९ मत प्राप्त गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार १ सय ७७ मत प्राप्त गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ३ सय ३३ मतका साथ अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवारले २ सय ५ र राप्रपाले १ सय ८३ मत प्राप्त गरेको छ । सो वडाको वडाध्यक्षमा भने नेकपा एमाले २ सय ८९ मतका साथ अग्रस्थानमा रहेको छ, दोश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २ सय ४२ मत प्राप्त गरेको छ । राप्रपाले २ सय १७ मतका साथ पछ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्