विराटनगर । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।
शनिबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले बढाएको हो । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।
हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ ।